बाघको आक्रमणमा परि ६५ बर्षिया काली बस्नेतको मृत्यु
सुनिल रेग्मी
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
859
Shares
बाँके । बाँकेमा एक जना महिलाको बाघको आक्रमणमा परि मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका १३ नयाँबस्तीकी ६५ वर्षिया काली बस्नेत दाउरा लिन जङ्गल गएको बेला पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको हो।
आइतबार अपरान्ह ४ बजेतिर बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने ‘परेवा बस्ने ढिक’ भन्ने स्थानमा दाउरा लिन गएकी बस्नेतलाई पाटेबाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।
दाउरा लिन गएकी बस्नेत घर नफर्किएपछि उनलाई खोज्ने क्रममा पाटेबाघले आक्रमण गर्दै गरेको भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।