नेपाली सीमा क्षेत्रको नक्सा हेरफेर गरिएको छैन:भारत
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
963
Shares
काठमाडौं। नेपालले दाबी गरे अनुसार भारतको नयाँ नक्सामा नेपाली सीमाक्षेत्रको नक्सामा कुनै हेरफेर नगरिएको भारतले आफ्नो धारणा सार्वजनिक गरेको छ। कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा राखेको भन्दै नेपालमा बिरोध भैरहेको छ।
पत्रकार सम्मेलन गरि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भारतको नयाँ नक्सामा नेपालको सीमा परिवर्तन बारे कुनै हेरफेर नगरेको बताएका छन्। भारतले जम्मु र कश्मीरसँग जोडिएको विषयलाई सम्बोधन गर्दै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली सीमानामा कुनै फेरबदल नभएको दावी गरेको छ।
नेपालले आधिकारिक रुपमा कालापानी आफ्नो क्षेत्र रहेको दावी गरिरहेको बेला प्रवक्ता रविश कुमारले भने ‘दुई पक्षिय मैत्रीपूर्ण सम्बन्धको आधारमा समस्या समाधान गर्ने प्रतिबद्धता दोहोर्याउन चाहान्छौं। नेपालसंगको सीमा निर्धारण प्रक्रिया दुई पक्षीय सयन्त्र मार्फत जारी रहेको छ।'
उनले भने ‘भारत- नेपालका बिरुद्ध केही तत्वहरुले दुई देश बिच मतभीन्नता सृजना गर्ने प्रयास गरिरहेका छन्। हामी दुवै देशका सरकारहरुले सीमा सम्बन्धी बिषय उछाल्नेहरुलाई रोक्नु पर्छ।’
नेपालको परराष्ट्र मन्त्रालयले कालापानी आफ्नो रहेको र भारतको एकपक्षीय निर्णय मान्य नहुने बताएको छ।