सुरूङभित्र फसेका तीन जनाको मृत्यु ,एकको अबस्था अज्ञात
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
1.3k
Shares
शैलेन्द्र रोकाया, बझाङ। बझाङमा निर्माणाधिन कालंगा हाईड्रो पावरको सुरूङभित्र फसेका तीन जना मृत भेटिएका छन् भने एक जनाको अबस्था अज्ञात छ । सुरुङ भित्रबाट उद्दार गर्न समेत कठिन भएपनि उद्दार कार्य जारी रहेको छ ।
आइतवार सुरूङभित्र काम गर्न गएका मजदुरहरु अक्सिजनको समस्या भएपछि स्वास फर्ने नसकेर सुरूङ भित्रै फसेका थिए । जिल्लाका सुरक्षा निकाय र स्थानीयहरुले उद्धार गर्न नसकेपछि काठमाण्डौवाट विशेषज्ञसहितको टोली हेलिकप्टरवाट घटना स्थल आएको थियो ।
उद्दार गर्न आएको टोलीले सुरुङ भित्र फसेका दैलेख जिल्ला गुराँस गाँउपालिका ३ घर भएका ३२ बर्षिया कर्ण शाही र अछाम जिल्ला तुर्माखाँद गाँउपालिका ६ का २८ बर्षिया महेन्द्र साँउदको शव सुरुङबाट बाहिर निकालिएको छ भने एक जनाको शव सुरुङ भित्र भएका कारण पहिचान खुल्न नसकेको र एक जनाको अबस्था अज्ञात रहेको प्रहरी नायब उपरिक्षक गणेश बहादुर बमले बताए ।
बझाङको बुंगल नगरपालिका १ का ३५ बर्षिया शेर सिहँ धामी र दैलेख जिल्लाको गुराँस गाउँपालिकाका महेन्द्र शाही लगायत चार जना आईतबार सुरुङ गएका थिए ।
उपरिक्षक बमले भने,'सुरुङ भित्र अज्ञात अबस्थामा रहेका एक जनाको समेत मृत्यु भएको हुन सक्छ सुरुङ भित्र अक्सिजनको कमी भएका कारण उद्घार गर्न समेत समस्या भएको छ ।'
सुरुङ झण्डै एक किलोमिटर लम्वाइ भएकाले उद्धार टोलीलाई पनि अक्सिजनको समस्या भएको वताइएको छ । बाहिरवाट जोडिएका अक्सlजनका पाइपहरुले काम नगरेको वताइएको छ । मृतक मजदुरहरको विमा अनुसार क्षेतिपुर्ती दिईने भएको हाइड्रोले वताएको छ । शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइने भएको छ ।
विगत पाँच वर्षदेखि जिल्लाको बुंगल नगरपालिकाको तीन स्थानमा विद्युत र्निमाण हुदैछ । घटना भएको स्थान दहवगर क्षेत्रको मुहान स्थलको सुरुङमा हो । अन्य खिरातडी र पाउटा क्षेत्रमा पनि सुरुड खन्ने काम भई रहेको छ । ६५ मेगावाट क्षमता रहेको यस आयोजनाको अहिले ७५ प्रतिशत काम भएको छ ।