नेकपामा भागवण्डा मिले पछि प्रदेश प्रमुखहरुको नाम सिफारिस
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
463
Shares
नेकपामा भागवण्डा मिले पछि प्रदेश प्रमुखहरुको नाम सिफारिस
काठमाडौं। सरकारले हटाएको प्रदेश प्रमुखहरुमा नेकपा सचिवालय बैठकले सात जनाको नाम सिफारिस गरेको छ। सरकारले बिगत सरकारले नियुक्त गरेको प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेको थियो।
यसअघि आइतवार बसेको सचिवालयले भागवन्डा मिल्न नसक्दा प्रदेश प्रमुखको नाम सिफारिस गर्न सकेको थिए। । त्यही कारण आइतवार साँज बस्ने भनिएको याविनेट बैठक पनि सोमबारलाई सारिएको थियो।
सोमवारको सचिवालय बैठकले भागबन्डा मिलाए पछि बल्ल सिफारिस नाम सार्वजनिक गरिएको हो।
नयाँ सिफिस नामहरुमा चितवनका अमिख शेरचन, काठमाडौंकी शर्मिला त्रिपाठी, सिराहाका धर्मनाथ यादव, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाई, बाँकेका तिलक परियार र कास्कीका सोमनाथ अधिकारी प्यासी रहेका छन्।
आइतवारको बैठकमा नेकपाका पुराना नेताहरु अमृत बोहरा, केशव बडाल, खेमराज भट्ट, तिलक परियार, अमिक शेरचन, धर्मनाथ यादव, महेन्द्र पाण्डे, सोमनाथ अधिकारी प्यासी, शर्मिला त्रिपाठी लगायतका नाम प्रदेश प्रमुखका लागि लिइएको छ। अमिक शेरचनले प्रदेश प्रमुखका लागि इच्छा देखाएका थिएनन् । उनी सक्रिय राजनीति नै गर्ने भन्दै आएका छन् । तर शेरचनको नाम सिफारिस गरिएको छ।
मनत्र् परिषदले उक्त नामहरु अनुमोदन गरे पछि नियुक्तीको प्रकृया अगाडी बढ्ने छ।