धनकुटा । नेपाली कांग्रेस धनकुटाका जिल्ला कार्य समितिका पूर्व जिल्ला सदस्य तथा नेपाल दलित संघ धनकुटाका पूर्व जिल्ला कार्य समितिका कोषाध्यक्ष इन्द्र बहादुर परियारको बिहीबार निधन भएको छ ।
परियारको पार्थिव शरीरमा बिहीबारै धनकुटाको मुलघाटस्थित तमोर नदीमा नेपाली कांग्रेस धनकुटाले चार झण्डा ओढाई सम्मान गरी अन्तिम श्रद्धाञ्जली दिई उनको अन्त्यष्टि गरिएको हो ।
कांग्रेस नेता परियारको पार्थिव शरीरमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्य तथा धनकुटा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, वडा नं. ६ का वडाध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य नरेश श्रेष्ठ, जिल्ला सदस्य सुमना तिम्सिना, नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका उपसभापति तथा वडा नं. ६ का वडा सदस्य मिलन खड्की, पूर्व जिल्ला कार्य समितिका सदस्य पदम भण्डारी, धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य गोविन्द्र राई,वडा नं. ६ का वडा सदस्यहरु हिरा देवी राई, मुना देवी रम्तेल, शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु, नेपाल प्रेस युनियनका धनकुटाका अध्यक्ष हिमा चेम्जोग, नेपाल तरुण दल धनकुटाका क्षेत्रिय अध्यक्ष तिलक महत लगायतका नेताहरुले संयुक्त रुपमा पार्टीको झण्डा ओढाई सम्मान व्यक्त गरेका थिए ।
दम र श्वास प्रश्वास रोगको कारण ७० बर्षको उमेरमा निधन भएका नेपाली कांग्रेस धनकुटाका जिल्ला कार्य समितिका पूर्व जिल्ला सदस्य तथा नेपाल दलित संघ धनकुटाका पूर्व जिल्ला कार्य समितिका कोषाध्यक्ष इन्द्रबहादुर परियारका श्रीमी कल्पना परियार, छोरा दलित संघ धनकुटाका सदस्य किशोर परियार, बुहारी नेपाली कांग्रेस धनकुटाका जिल्ला कार्य समितिका सदस्य एवं धनकुटा नगरपालिका वडा नं. ५ का वडा सदस्य अम्विका परियार,कान्छा छोरा प्रदिप परियार र छोरी मधुरा नेपाली परियार छन् ।
धनकुटा नगरपालिका वडा नंंं. ५ निवासी नेपाली कांग्रेस धनकुटाका जिल्ला कार्य समितिका पूर्व जिल्ला सदस्य तथा नेपाल दलित संघ धनकुटाका पूर्व जिल्ला कार्य समितिका कोषाध्यक्ष इन्द्रबहादुर परियारले नेपाली कांग्रेसमा दिएको योगदानको बारेमा चर्चा गर्दै उनको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले सो अवसरमा बताए ।