इतिहास देखिनै कम्युनिष्टको गढ मानिने चिशंखुगढीमा कांग्रेसको लहर
भ्रष्टाचारमुक्त गाउ सुशासन युक्त समाज निर्माणका लागि कांग्रेसमा प्रवेश : मुगाधन राई
जीवन शर्मा,
प्रकाशित २०७६ कार्तिक १० आइतबार
825
Shares
ओखलढुङगा। ओखलढुंगाको चिशंखुगढी गाउपालिका वडा नम्बर–७ इतिहास देखिनै कम्युनिष्टको गढ मानिन्छ । कम्युनिष्टको गढ मानिएको यो क्षेत्रका नागरिकले पछिल्लो समयमा नेकपाप्रति विश्वास गर्न छाडेका छन् । “लामो समय सम्म नेकपाले शासन गरेको यो क्षेत्रका नागरिकले न कुनै विकासको अनुभूति गर्न पाए नत सामाजिक सद्भाव, शुसाशन र समृद्धिको ढोका खोल्न सक्यो, नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्दै स्थानीय नेता मिदावा शेर्पाले भने,‘ अव हामीले सधै नेकपा भनेर पछि लाग्नु यो क्षेत्रको विकास र समृद्धिका लागि अझ पछि पर्नु हो ।”
त्यस्तै राप्रपा संयुक्तका जिल्ला उपाध्यक्ष मुगाधन राईले कांग्रेसमा समाहित हुँदै कम्युनिष्टले बर्षौदेखि राज गर्दै आएको किल्ला ढालेकोे बताए । उनले भने, ‘नेकपाले साविक माम्खा गाविस वडा नम्बर ७ र ८ का जनताका नाममा आएका विकास योजनाहरु नागरिकको पक्षमा नभई नेताहरुकै घर आगनमा पुर्याउने र बजेट बाडिचुडी खादै आएका थिए ।’ यो प्रबृतिलाई चिर्दै चिशंखुगढी गाउपालिका वडा नम्बर ७ संगै सिंगो गाउपालिकाका नागरिकको पक्षमा विकास गर्न र भ्रष्टाचारमुक्त गाउ सुशासन युक्त समाज निर्माण अभियानमा लाग्नका लागि राप्रपाबाट सम्भव नभएर आफु कांग्रेसमा प्रवेश गरेको उनले उद्घोष गरे । पञ्चायतकालदेखि राजनीतिमा सक्रिय राइले आफु जनताका सुख दुखमा सधै साथ दिदै आएको हुँदा लोकतान्त्रीक शक्तिहरु एकजुट भएर देश र जनताको सेवा गर्ने कांग्रेसको विचारलाई समर्थन गरेको बताए ।
मिदावा र मुगाधन मात्र होइन, चिशंखुगढी गाउपालिका वडा नम्बर –७ ठुलढुंगामा दिपावलीको अवसरमा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको शुभ–कामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा राप्रपा संयुक्तका जिल्ला अध्यक्ष नारायण बहादुर सुवेदी, वरिष्ठ उपाध्याक्ष मुगाधन राई, कोषध्यक्ष दिनेश सुवेदी, जिल्ला सदस्य हिरा प्रसाद खतिवडा, वम प्रसाद खतिवडा, जस बहादुर राई, मुना राई, नेकपाका स्थानीय नेता शुक्रराज राई, मिदावा शेर्पा, लाक्पाछोकी शेर्पा, पासाङशेर्पा, आङशेरा शेर्पा, फुर्वा शेर्पा, फुर्साङ्गे शेर्पा, जाङ्बु शेर्पा, सुमन राई, प्रशान्त राई, ङिमाछोदार शेर्पा,नवराज राई, जीवन राउत लगायत १ सय ७८ जना नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेको नेपाली कांग्रेस ओखलढुंगाले दावी गरेको छ । पूर्व सभाषद् हर्कबोल राईका कारण यस क्षेत्रको राजनीतिमा लामो समयदेखि तत्कालिन एमालेले प्रभुत्व जमाउदै आएको थियो ।
कांग्रेसमा प्रवेश गरेका राप्रपा संयुक्तको जिल्ला समिति लगायतको समूह र नेकपाका स्थानीय नेता कार्यकर्ताहरुलाई जिल्ला सभापति प्रदीप कुमार सुनुवार, संविधान सभा सदस्य रामहरी खतिवडा, केन्द्रीय निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य खिलानाथ दाहाल, जिल्ला उपसभापति तेजेन्द्र खनाल, क्षेत्रीय सचिव गोपालमान थापा, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष नविन राई, जिल्ला सदस्य बलराम कट्वाल, राजकुमार ढुंगाना लगायत नेताहरुले अविर र खादाले स्वागत गरेका थिए । नव प्रवेशी नेताहरुलाई स्वागत गर्दै कांग्रेस नेता एवं संविधान सभा सदस्य रामहरी खतिवडाले वर्तमान सरकार बलत्कार, भ्रष्टाचार, कुशासनमा डुवेको भन्दै सरकारले नागरिकको स्वतन्त्रता र मानव अधिकारमाथि प्रहार गर्दै आएको बताए ।
त्यस्तै जिल्ला सभापति प्रदीप कुमार सुनुवार, नेता खिलानाथ दाहाल, तेजेन्द्र खनाल लगायत नेताहरुले सर्वसत्तावाद सरकारको चरित्रलाई ठेगान लगाउन र नागरिकको पक्षमा वास्तविक विकास, सुशासन र समृद्दि ल्याउनका निमित्त आम लोकतान्त्रीक शक्तिहरु एकजुट हुनुपर्ने अहिलेको आवश्यक्तालाई मनन गर्दै राप्रपा संयुक्तको जिल्ला समिति तथा नेकपाका केही साथीहरु समेत कांग्रेसमा प्रवेश गर्दा लोकतन्त्रलाई सुद्दृढ बनाउन थप सहयोग पुगेको बताए ।
पार्टी प्रवेश पश्चात राप्रपा संयुक्तका जिल्ला अध्यक्ष नारायण बहादुर सुवेदी, उपाध्यक्ष मुगाधन राइले नागरिकमा झुटको खेति गर्ने वर्तमान नेकपाको सरकारले जनताको अधिकार मार विस्तारै कुण्ठित गर्दै गएको आरोप लगाए । सरकारको चरित्र हेर्दा देशमा सुशासन कायम नहुँने, बलत्कार, भ्रष्टाचार बढ्ने देखिएकाले नागरिकको चौतर्फी विकास, सुशासन र सदाचारका लागि लोकतान्त्रीक शक्तिको विकल्प नभएको निष्कर्ष निकालेको बताए । जनताका पक्षमा काम गर्ने एउटै मात्र लोकतान्त्रिीक शक्ति नेपाली कांग्रेस भएको हुँदा सम्पूर्ण देश भक्त, जनताको पक्षमा हुने दिगे विकास, सुशासन र समृद्धि चाहाने नागरिकहरु नेपाली कांग्रेस संग गोलबद्ध भै संग संगै अघाडी बढ्न नवप्रवेशीहरुले सम्पूर्णमा आवहान गरेका छन् । नेपाली कांग्रेसले पार्टी प्रवेश गर्ने राप्रपा संयुक्तका नेताहरु नारायण सुवेदी र मुगाधन राई लाई जिल्ला कार्यसमितिको सदस्यको जिम्मेवारी दिएको उपसभापति तेजेन्द्र खनालले बताए ।
कार्यक्रम विथोल्ने नेकपाको हर्कत
नेकपाका नेता तथा पूर्व सभाषद हर्कबोल राइको वडा रहेको चिशंखुगढी गाउपालिका वडा नम्बर ७ मा अन्य राजनीतिक दललाई सहज प्रवेश नदिने परिपाटीमा हुर्कीएको नेकपाले यो कार्यक्रमलाइ विथोल्न ठुलै प्रयास गरेको स्थानीले बताए । लामो समयसम्म राजनीतिमा लागेर समाजमा भिजेका राप्रपाका नेता मुगाधन राई सहित गाउनै कांग्रेसमा प्रवेश गर्ने चाल पाएपछि ३ दिन अघि देखि सर्वाधारण कार्यकर्ताका घरघरमा पुगेर कार्यक्रममा नजान खवरदारी गरेको नेता मुगाधन राइले गुनासो गरे ।
उनले भने, ‘नेकपाका साथिहरुले मलाइ नै रोक्न पनि ठुलो प्रयास गरे । गाउका प्राय सबै घरमा रातारात पुगेर कार्यक्रममा नजान धम्की दिएका कारण सोचेजस्तो कार्यक्रम अझै गर्न सकिएन ।’ दुइ दिन अघि काठमाण्डौं गएका पूर्व माननीय हर्कबोल राइनै आएर कार्यक्रम विथोल्ने प्रयास गरेको स्थानीहरुको भनाइ छ । कांग्रेसले पार्टी प्रवेशको कार्यक्रम राखेपछि नेकपाले समेत सोही दिन पार्टीको बैठक समेत राखेको थियो । कार्यक्रम सञ्चालनकै समयमा समेत नेकपाले विद्युत पोल ढाल्ने र तार चुडाएर विद्युत अवरुद्ध गर्ने सम्म्का हर्कत देखाएर स्वतन्त्र राजनीति अधिकार माथी हस्तक्षेप गर्न खोजेको भन्दै कार्यक्रममा सहभागि नेता कार्यकर्ता तथा सर्वसाधारणले नेकपाको चर्को आलोचना गरे ।
कार्यक्रम पश्चात वडा समिति गठन
नेकपाको गढ मानिएको यस वडामा नेपाली कांग्रेसले पार्टी प्रवेश पश्चात नयाँ वडा कार्य समिति निर्माण गरेको छ । पार्टी संगठनलाई शशक्त बनाउन र निर्वाचित जनप्रतिनिधिहरुले गरेका खराव गतिविधिको खवरदारी गर्दै समाजमा सशासन कार्यम गराउन कांग्रेसले नयाँ वडा कार्यसमिति बनाएको हो । राम कुमार तामाङ र हिरा प्रसाद खतिवडाको दुइ सभापति रहने गरी वडा समिति निर्माण गरिएको नेपाली कांग्रेस चिशंखुगढी याउपालिका वडा नम्बर ७ ले जनाएको छ । वडा समितिको उप सभापतिमा लाक्पाछोकी शेर्पा,मुना राई सचिव जसवहादुर राई, कोषाध्यक्ष लक्ष्मीदास श्रेष्ठ, सदस्यहरुमा दमिनी विक,चक्र प्रसाद बास्तोला,कर्ण बहादुर राई,दावा शेर्पा,आङ पासाङशेर्पा र चन्द्र कुमार राई रहेका छन् ।