arrow

सीबारे अनादर अभिव्यक्ति नदिन बाबुराम भट्टराईको आग्रह 

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । समाजपार्टी पार्टी नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङप्रति अनादर हुने कुनै पनि किसिमका अभिव्यक्ति नदिन आग्रह गरेका छन् । 

शनिबार चिनफिङ नेपाल आउँदै गर्दा भट्टराईले सामाजिक संजालमार्फत त्यस्ता कुनै पनि अनादर हुने किसिममा अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । 

उनले लेखेका छन्, ‘अतिथि देवो भवः हामी नेपालीको संस्कार हो । २३बर्ष पछि हुन लागेको उत्तरी छिमेकी चीनका महामहिम राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा कुनै अनादर झल्कने अभिव्यक्ति नदिऊँ । कसैले सामाजिक मिडियामा दिइहाले त्यसलाई शेयर नगरौं । सरकारसंगको असहमति हाम्रो आन्तरिक मामिला हो । बिग वेलकम प्रेसिडेन्ट सी’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ