प्रिमियर लिगका छ खेलमा १६ गोल, लिभरपुल र लेस्टरबीच हानाहान
प्रकाशित २०७६ असोज १९ आइतबार
627
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलको अपराजित यात्रा आठौं चरणको खेलसम्म कायमै रहेको छ ।
एकमात्र १०० प्रतिशत खेल खेल्ने लिभरपुलले शनिबार रातिको खेलमा लेस्टर सिटी विरुद्ध जित निकाल्यो ।
घरेलु मैदानमा खेलेको लिभरपुललाई जिताउने क्रममा ४० औं मिनेटमा साडियो माने र इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जेम्स मिल्नरले गोल गरे ।
लेस्टरका जेम्स माडिसनले ८० औं मिनेटमा बराबरी गोल गरेका थिए । खेल सकिएपछि भने दुवै टिमका खेलाडीहरु हात हालाहालमा पुगेका थिए । मिल्नरको गोललाई विवादित मान्दै लेस्टरका खेलाडीहरु विरोधमा उत्रिएपछि हानाहान भएको हो ।