रामहरी खतिवडाले भने शिवाकोटी व्यक्ति मात्र होइन संस्था पनि हो
धम्क्याउने काम गरे कम्युनिष्ट पार्टीलाई नै महंगो पर्ने चेतावनी
प्रकाशित २०७६ असोज १७ शुक्रबार
391
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले समाचार दिएका भरमा पत्रकारलाई तर्साउने, थर्काउने, धम्काउने काम नगर्न कम्युनिष्ट नेताहरुलाई चेतावनी दिएका छन्।
खतिवडाले पत्रकारलाई तर्साउने, थर्काउने, धम्काउने काम स्वयं कम्युनिष्टहरुका लागि अझै महँगो हुने बताएका छन्। उनले पत्रकार शिवाकोटी व्यक्ति मात्र नभएर संस्था भएकोमा हेक्का राख्न सचेत गराएका छन्।
खतिवडाले भनेका छन्, ' कम्युनिस्ट मित्रहरू फेरि अर्को भुल गर्ने प्रयास नगर। समाचार दिएका र लिएका भरमा कसैलाई तर्साउने, थर्काउने, धम्काउने काम भयो भने तपाईंहरुलाई यो समय अझै महँगो हुनेछ। अजय बाबु शिवाकोटी एउटा संस्था पनि हो।'
हाम्राकुरा डटकमका सम्पादक शिवाकोटीको सर्वत्र सुरक्षा चिन्ता व्यक्त गरिरहँदा पूर्व सांसद समेत रहेका खतिवडाको यो प्रतिक्रिया आएको हो। उनले सामाजिक संजाल ट्वीटरमार्फत सरकारलाई शिवाकोटीको सुरक्षामा ध्यान दिन समेत भनेका छन्।