arrow

बाबुरामले महरा काण्डको छानबिन गर्न माग गर्दै भने – गरिमामय पद सभामुख र अपराधमा निकृष्ट बलात्कार 

सरकारमाथि प्रश्नः दुई तिहाईको सरकार किन कुम्भकर्णे निद्रामा छ ?

logo
प्रकाशित २०७६ असोज १७ शुक्रबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले कृष्णबहादुर महराद्धारा भएको यौनदुव्र्यबहार आरोपलाई फासफुस नपार्न सरकारलाई सचेत गराएका छन् । 

उनले लोकतन्त्रमा सबैभन्दा गरिमामय पद प्रतिनिधिसभाको सभामुख भएकाले उक्त पदमा रहेको व्यक्तिले गरेको भनिएको उक्त काण्डलाई त्यत्तिकै फासफुस पारेर सत्ताशक्तिको बलमा दबाएर फासफुस पार्न नहुने बताएका छन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन्, ‘लोकतन्त्रमा सबभन्दा गरिमामय पद प्रतिनिधिसभाको सभामुख हो । अपराधमा सबभन्दा निकृष्ट बलात्कार हो ! यी दुई  जोडिएको गम्भीर मुद्दालाई सच्चा लोकतन्त्रमा त्यत्तिकै सार्वजनिक आरोप(प्रत्यारोप गरेर वातावरण धमिल्याउन र धमिलो पानीमा माछा मार्न वा सत्ताशक्तिको बलमा दबाएर फासफुस पार्न मिल्दैन !’

डा भट्टराईले घटना बाहिर आएको पाँच दिनसम्म पनि छानबिन प्रक्रिया शुरु नहुनु दुःखद भएको बताउँदै निश्पक्ष छानबिनका लागि आग्रह गरेका छन् । 

उनले आफ्नो दोस्रो ट्वीटमा भनेका छन् – ‘५ दिनसम्म यसबारे किन कुनै छानवीन प्रक्रिया शुरू भएको छैन ? २–३ सरकार किन कुम्भकर्णे निद्रामा छ ? छिटो उच्चस्तरीय स्वतन्त्र,निष्पक्ष छानवीन होस् र कानूनी प्रक्रिया अघि बढोस् ! महराले त्यसमा पूर्ण सहयोग गरून् ! नत्र जनस्तरबाट स्वतन्त्र आयोग बनाएर सत्यतथ्य स्थापित गरौं, लोकतन्त्रको रक्षा गरौं !’

यो समाचार पनि पढ्नुस्–

महरा प्रकरणमा बाबुराम भन्छन् ‘राम–रावण लडाईमा सीताको बलि कहिलेसम्म ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ