पाँचथर। आपराधिक क्रियाकलाप लाई न्यूनीकरण गर्ने प्रयास स्वरुप चाडपर्व नजिकिएसँगै पाँचथरमा सवारी चेकजाँचलाई कडाई गरिएको छ। अहिले मेचीराजमार्गको विभिन्न स्थानमा सवारी चेकजाँचलाई कडाई गरिएको हो। राँके, पौवाभन्ज्याङ, फिदिम, जोरपोखरी, गणेश चोक, भानु चोक, कावेली लगायतका स्थानमा सवारी चेकजाँचलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका जनक तिम्सिनाले बताए।
उनका अनुसार यो अभियान दशैँ, तिहार, छठसम्म चेकजाँच गरिनेछ। चाडपर्वको बेला साना हातहातियार ओसारपसार हुन सक्ने,झैझगडा हुन सक्ने,सवारीमा सिट भन्दा वढि यात्रुहरु सवार गर्ने भएको हुँदा सवारी चेकजाँचलाई कडाई गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए।
उनले भने,“ यो बेलामा सवारीसाधन चेकिङ अभियानलाई तिव्रता दिने हो भने यात्रुहरु पनि सुरक्षित रुपमा गन्तब्य सम्म पुग्ने भए, अर्को तर्फ आपराधिक क्रियाकलाप पनि नहुने भयो, त्यसैले सवारी चेकजाँचलाई कडाई गरेका हौ।”