क्लेमेन्टलाई रातो कार्ड, बार्सिलोनाले जित्यो, रियाल मड्रिड रोकियो
प्रकाशित २०७६ असोज १२ आइतबार
563
Shares
काठमाडौं । स्पेनिश लिग फुटबलमा बार्सिलोना विजयी हुँदा रियाल मड्रिड बराबरीमा रोकिएको छ ।
शनिबार रातिको खेलमा गेटाफेलाई उसकै भुमिमा २–० ले पराजित गर्दै बार्सिलोनाले महत्वपूर्ण ३ अंक बटुलेको हो ।
लियोनल मेस्सी घाइते भएपछि उनी बिना नै उत्रिएको बार्सिलोनाका लागि लुइस सुवारेज र जुनियर जुनियर फिर्पोले १–१ गोल गरे ।
खेलको ४७ औं मिनेटमा पहिलो पहेंलो कार्ड खाएका क्लेमेन्ट लेंगलेटले ८२ औं मिनेटमा अर्को पहेंलो कार्ड खाँदा रातो कार्डसहित बाहिरिनु परेको थियो ।
लिगको अर्को खेलमा रियाल मड्रिडले एथलेटिको मड्रिडसंग बराबरी खेल्यो । एथलेटिकोको भुमिमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
शनिबार रातिका अन्य खेलमा भ्यालेन्सियाले एथलेटिक बिलबाओलाई १–० ले तथा ग्रानाडाले लेगानेसलाई १–० ले हरायो । अंक तालिका
अंक तालिकामा ७ खेलबाट १५ अंकसहित रियाल मड्रिड शीर्ष स्थानमा छ ।
ग्रानाडा १४ अंकबाट दोस्रो, एथलेटिको १४ अंकबाट तेस्रो स्थानमा छ ।
बार्सिलोना १३ अंकबाट चौथो स्थानमा छ । १३ अंककै रियाल सोसिडाड पाँचौं स्थानमा छ