मेस्सी खेलेको खेलमा बार्सिलोनाको बिजोग, यस्तो छ शनिबारको नतिजा
प्रकाशित २०७६ असोज ५ आइतबार
379
Shares
काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले कमजोर प्रदर्शन गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासंग २–० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा ग्रानाडाले दोस्रो मिनेटमा रोमन अजिजको हेड गोलबाट अग्रता लिएको थियो । ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गरेका थिए ।
लियोनल मेस्सी समेत खेलेको खेलमा बार्सिलोनाले बिजोग खेलेको हो । बार्सिलोनाले जारी सिजनमा निकै खराव प्रदर्शन गर्दै आएको छ ।