arrow

सीमा नाकाको अवरोध हटाउन पहल गर्छु– नीतिश कुमार

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1836000798.jpeg
काठमाडौं । बिहारका मुख्यमन्त्री नीतिशकुमारले नेपाल–भारत सीमामा भइरहेको अवरोध हटाउन आफुले पहल गर्ने बताएका छन् । बिहार विधानसभा निर्वाचनमा नीतिश र उनको गठबन्धनले बहुमत प्राप्त गरेपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टेलिफोन गरेर बधाई दिँदा नीतिशले उक्त कुरा बताएका हुन् ।

बाबुरामका स्वकीय सचिव विश्वदीप पाण्डेले पूर्वप्रधानमन्त्री डा. भट्टराईले  मूख्यतः विहार सीमामा भारतीय पक्षका कारण सिर्जित समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको बताए ।

नितिशकुमारले विहार निर्वाचनका कारण नेपाल भारत सीमामा देखिएको समस्यामा ध्यान दिन नभ्याएको जनाउँदै सीमामा देखिएको समस्या समाधानका लागि पहल लिने आश्वासन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ