कोहलीको ट्विटले धोनीको सन्यास बारे चलेको हल्ला निराधार
प्रकाशित २०७६ भदौ ३० सोमबार
590
Shares
एजेन्सी। भारतीय क्रिकेट कप्तान विराट कोहलीले धोनीको फोटो राखेर गरेको ट्विटले तहल्का मच्चाए पछि आफ्नोलागि राम्रो शिक्षा भएको बताएका छन्। उनले सन् २०१६को फोटो जस्मा धोनीको अगाडी कोहली घुंडा टेकेर अभिवादन गरिरहेको फोटो पोष्ट गरेका थिए।
उक्त पोष्ट पछि क्रिकेट जगतमा धोनीको सन्यासको संकेत भनेर समाचारहरु बन्न थाले।समाचार यसरी ‘भाईरल’ भयो की कोहलीले प्रेसमा आएर उक्त फोटोको बारेमा बोल्न बाध्य हुनु पर्यो। उनले उक्त फोटो र धोनीको क्रेकटबाट सन्यासको कुनै सम्बन्ध नरहेको बताएका छन्।
दक्षिण अफ्रिका बिरुद्ध टि-२० श्रृखंला अगाडि प्रेससँग कुरा गर्दै उक्त स्पष्टिकरण दिएका थिए। ‘मेरोलागि यो एउटा शिक्षा भएको छ। म जसरी सोच्छु त्यसरी नै संसारले नसोच्न सक्छ ।‘ उनले भने। उनले उक्त फोटोमा म त्यो खेल कहिल्यै बिर्सिन सक्दिन जहाँ मलाई धोनीले यसरी दौडाएका थिए की मेरो फिटनेस परिक्षा जस्तो थियो।
सन् २०१६को टि-२० विश्वकप क्रिकेटको अष्ट्रेलिया बिरुद्धको खेलको फोटो सम्झिंदै उनले ट्विट गरेका थिए। उक्त खेल भारतले ६ विकेटले जितेको थियो।
‘धोनी आफ्नो कुनै पनि पारीको बारेमा कुरा गर्दैनन् त्यसैगरि मैले पनि उक्त पारीको कुरा कतै गरेको थिईन। तर उक्त खेल मैले नबिर्सिने खेल हुन गएकोले सम्झनामा फोटो पोष्ट गरेको थिएं। र उक्त फोटोको अर्कै अर्थ लाग्यो।‘ कोहलीले भने।