एसियन ‘टग अफ वार’ इन्डोर चेम्पीयनसिमा सहभागि हुने खेलाडीको विदाई
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
334
Shares
काठमाडौं। थाईल्याण्डमा हुने १४ औ एसियन टग अफ वार इन्डोर चेम्पीयनसिमा नेपालको तर्फबाट सहभागि खेलाडी तथा अफिसियलहरुलाई विहिवार नेपाल टग अफ वार एशोसियसनले एक विषेश कार्यक्रम गरि विदाई गरेको छ ।
यही भाद्र २७ गते देखि ३० गते सम्म हुने खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागि हुने १५ जना खेलाडी तथा अफिसियललाई नेपाल टग अफ वार एशोसियसनका अध्यक्ष भवानी प्रसाद पौडेल, साउथ एसियन टग अफ वार फेडेरेसनका उपाध्यक्ष नरेन्द्र बहादुर अधिकारी तथा नेपाल टग अफ वार एशोसियसनका पदाधिकारी,सदस्य तथा विभिन्न जिल्लाका अध्यक्षहरुले विदाई गरेका हुन् ।
विदाई कार्यक्रममा शुभकामना दिदै एशोसियसनका अध्यक्ष भवानी प्रसाद पौडेलले नेपालबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुले नतिजा आफ्नो हातमा पार्ने विश्वास ब्यक्त गरे । नेपाल टग अफ वार एशोसियसले अन्तराष्ट्रिय स्तरमा सहभागिता जनाएको यो पहिलो पटक हो ।