ईमरान खान, एलन बोर्डरसँग रेकड बराबरी गर्दै अफगानिस्तानका रशीद खान
प्रकाशित २०७६ भदौ २४ मंगलबार
834
Shares
काठमाडौं। बंगलादेश बिरुद्धको एक मात्र टेष्टमा बिजयी हुँदा अफगानी कप्तान रशीद खानले विश्वका दिग्गज क्रिकेटरहरुसँग आफनो नाम लेखाएका छन्।
उनले उक्त टेष्टमा अर्ध शतक बनाउनुका साथै ११ विकेट पनि लिएका हुन्। उक्त प्रदर्शनले उनले पाकिस्तानका पुर्व कप्तान ईमरान खान र अष्ट्रेलियाका कप्तान एलन बोर्डरसँग रेकड बराबर गरेका हुन्। अर्ध शतक र १० विकेट एक टेष्टमाको रेकड त्यो पनि कप्तानका रुपमा बिरलै हुने गर्छ ।
ईमरानले सन् १९८२-८३मा भारत बिरुद्ध फेसलावाद टेष्टमा ११ विकेट लिनुका साथै १ सय १७ रन बनाएका थिए। त्यसैगरि एलन बोर्डरले सन् १९८८-८९मा वेष्टईण्डिज बिरुद्ध ७५ रन बानाउनुका साथै ११ वेकट लिएका थिए। रशीद खानले क्रिकेट ईतिहासमा यी दुई ठुला नामसँग आफ्नो नाम जोडेका छन्।
उनी सबैभन्दा सानो उमेरमा टेष्ट जित्ने कप्तान पनि बनेका छन्। उनले २० बर्षको उमेरमा टेष्टमा बिजय हात पारेका हुन्। बंगलादेश बिरुद्धको जितलाई धेरै कोणबाट उत्कृष्ट जित मान्न सकिन्छ । बंगलादेश आफ्नो घरेलु मैदानमा ठुला ठुला टोलीलाई पछार्न सक्षम रहेको छ ।
अफगानिस्तानले बंगलादेशलाई २ सय ४४ रनको बिशाल अन्तरले पराजित गरेको हो। पहिलो पारीमा ३ सय ४२ बनाएको अफगानिस्तानले दोस्रो पारी २ सय ६०मा चित्त बिझाएको थियो।
बंगलादेश पहिलो पारीमा २ सय ५ रनमा समेटिएको थियो भने दोस्रो पारीमा १ सय ७३ रन मात्र बनाउन सक्यो। रशीद खानले पहिलो पारीमा ५ र दोस्रो पारीमा ६ विकेट लिएका थिए।