-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । युएस ओपन टेनिसको उपाधि स्पेनिश खेलाडी राफेल नाडालले जितेका छन् ।

आइतबार राति भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा रसियन खेलाडी डेनियल मेदवेदेवलाई हराउँदै नाडालले १९ औं ग्राण्डस्लाम जितेका हुन् ।

दोस्रो वरियताका डालले खेल ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा जितेका थिए ।

अब नाडाल सर्वाधिक विजेता स्वीस खेलाडी रोजर फेडेररभन्दा एक ग्राण्डस्लाम मात्र पछि छन् । फेडेरर क्वार्टरफाइनलबाटै बाहिरिएका थिए ।
महिलातर्फको उपाधि सेरेना विलियम्सलाई हराउँदै १९ वर्षे क्यानेडियन खेलाडी बियान्का एन्ड्रिस्क्युले जितेकी हुन् ।