मानव वेचविखनविरुद्ध पालिकाहरु सहितको जिल्ला स्तरिय अन्र्तक्रिया
मुरली गोडिया,
प्रकाशित २०७६ भदौ १९ बिहिबार
314
Shares
गुलरिया,बर्दिया । मानव बेचविखन विरुद्धको १३ औं राष्ट्रिय दिवस मनाइरहदा जिल्लाका स्थानीय पालिकाहरु बीच अन्र्तक्रिया गरिएको छ । बर्दिया जिल्लाका आठ ओटै स्थानीय तह तथा विभिन्न सरोकारवाला संघ संस्थाहरुले उपस्थितीमा जिल्ला प्रशासन कार्यलय बर्दियामा विभिन्न पालिकाहरुले सक्रियताका अन्र्तक्रियामा उपस्थिती जनाएका छन ।
बर्दियाको गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, बढैयाताल गाँउपालिका, बाँसगढी नगरपालिका, लगायतका स्थानीय तहका नगर उपप्रमुख तथा गाँउपालिकाका उपाध्यक्ष, मानव बेचविखन विरुद्ध कार्यरत संघसंस्थाहरुले बेचविखन विरुद्धको १३ औं राष्ट्रिय दिवस दिवसको अन्तक्रियामा एक्यबद्धता जनाउन गुलरिया पुगेका हुन ।
कार्यक्रममा जिल्ला बार एसोसियसन बर्दियाकी सचिव लक्ष्मी नेपालले बर्दिया जिल्लामा मानव बेचविखन विरुद्धका घटनाहरुको तथ्याङ्क प्रस्तुत गर्दै “आर्थिक वर्ष २०७५-०७६ मा बर्दिया जिल्ला अदालतमा ५ ओटा जिल्ला प्रहरी कार्यलय बर्दियामा ४, माइती नेपालमा २ वटा मानव बेचविखन विरुद्धका घटना दर्ता भएको उनले भनिन् ।
विहिबार मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, समुदाय प्रहरी साझेदारी, माइती नेपाल गुलरियाको आयोजनामा मानव वेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिका अध्यक्ष रामबहादुर कुरुम्बाङको अध्यक्षता र बार बर्दिया नगरप्रमुख अञ्जु दहितको प्रमुख आथित्यतामा बर्दियाको गुलरियामा अन्तरकृया कार्यक्रम आयोजना भएको हो ।
‘सरकारको प्रतिबद्धता मानव बेचबिखन तथा ओसारप्रसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरूद्धको १३ औँ राष्ट्रिय दिवस बर्दियामा पनि विविध कार्यक्रम गरी मनाउने क्रम जारी छ ।
मानव बेचबिखन तथा ओसार प्रसार नियन्त्रण समिति बर्दियाका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूङवाङले धेरै महिलाहरू खाडीमा पुग्ने गरेको र केहिलाई फर्काउन समेत निकै कष्ट गर्नु परेको बताएका थिए ।
निर्णय अनुसार यही भदौ १९ गते र्याली, अन्तरकृया र २० गते र्यालीका साथै विभिन्न स्थानहरूमा सन्देश मुलक ब्यानर प्रदर्शन, बक्ततृत्वकला प्रतियोगिता, जनचेतना मुलक कार्यक्रम गरी सप्ताह ब्यापी रुपमा दिवस मनाइने बताइएको थियो । जस अनुरुप बर्दिया जिल्लाका स्थानीय तहका पालिकाहरु बीच अन्र्तक्रिया गरिएको छ ।