-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । अमेरिकन खेलाडी सेरिना विलियम्स युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
क्वार्टरफाइनलको खेलमा बुधबार बिहान चाइनिज खेलाडी वाङ् छयाङ्लाई अत्यन्त सोझो सेटमा हराउँदै सेरिना सेमिफाइनलमा पुगेकी हुन् ।

१८ औं वरियताकी छयाङ् ६–१ र ६–० को सेटमा पाखा लागेकी हुन् । आठौं वरियताकी सेरिनाले खेल जित्न मात्र ४४ मिनेटको समय लगाएकी थिइन् ।

सेरेना कीर्तिमानी २४ औ ग्रान्डस्लाम जित्ने अभियानमा रहेकी छिन् ।

६ पटककी युएस ओपन च्याम्पियन सेरेनाले सेमिफाइनलमा पाँचौ वरियताकी युक्रेनकी खेलाडी इलिना स्भिटोलिनासंग अब प्रतिस्पर्धा गर्नेछिन् ।