काठमाडौं । स्पेनिश लिग फुटबलमा रियाल मड्रिडले भिल्लारियलसंग बराबरी खेलेको छ । आइतबार राति भिल्लारियलको मैदानमा भएको खेलमा रियालले २–२ गोलको बराबरी खेलेको हो ।
ग्यारेथ बेलले दुई गोल गर्दै रियाललाई बराबरीमा ल्याएका हुन् । खेलको १२ औं मिनेटमा जेरार्ड मोरिनोको गोलबाट भिल्लारियलले सुरुवाती अग्रता लिएको थियो ।
पहिलो हाफको ईन्जुरी समयमा बेलले बराबरी गोल फर्काएका थिए ।
गोमेज बर्डोनाडोले ७४ औ मिनेटमा गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । खेल सकिन चार मिनेट बाँकी छदाँ बेलले व्यक्तिगत गोल गर्दै रियाललाई हारबाट जोगाएका थिए ।
तर ईन्जुरी समयमा बेल दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे ।