एशेज टेष्ट जिताएका ज्याक लिचलाई चस्मा कम्पनीले आजिवन चस्मा दिने
प्रकाशित २०७६ भदौ ९ सोमबार
277
Shares
एजेन्सी। ईङ्ल्याण्डमा जारी एशेज टेष्ट श्रृखंलाको तेस्रो टेष्टमा १ विकेटले बिजयी भएको ईङल्याण्ड टोलीका खेलाडी ज्याक लिचलाई एक चस्मा कम्पनीले आजिवन सित्तैमा चस्मा उपलब्ध गराउने भएको छ।
ईङल्याण्डलाई बिजयी गराउने क्रममा लिचले अन्तिम विकेटका लागि बेन स्टोक्ससँग ७६ रनको साझेदारी गरेका थिए। उनले उक्त साझेदारीको कर्ममा आफ्नो चस्मा निरन्तर पुछिरहेका थिए। चस्मा बाफिए पछि उनले चस्मा पुछिरहेका थिए।
स्पेक सेभर्स नामक कम्पनीले लिचलाई आजिवन चस्मा उपलब्ध गराउने जनाएको हो। लिचले उक्त साझैदारीमा १७ बलमा १ रन बनाएका थिए।
पुर्व क्रिकेटरहरुले पनि लिचको ब्याटिङको तारिफ गरेका थिए। ईङ्ल्याण्डले ३ सय ५६ रनको योगफल ९ विकेट गुमाउँदै पुरा गरेको थियो।