-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी इंगलिश प्रिमियर लिग फुटबलमा लयमा फर्किएको छ ।

पहिलो खेल जितेर दोस्रो खेलमा बराबरी खेलेको सिटीले तेस्रो खेलमा भने जित निकाल्दै लयमा फर्केको छ ।

सिटीले आइतबार राति एएफसी बर्नमाउथलाई उसकै मैदानमा ३–१ गोल अन्तरले हरायो । सिटीलाई जिताउन सर्जियो अगुएरोले २ गोल गरे ।

एक गोल रहिम स्टर्लिङले गरे । बर्नमाउथका ह्यारी विल्सनले एक गोल फर्काएका थिए ।

यो जितपछि सिटी ३ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा पुगेको छ । सत्प्रतिशत खेल खेलेको लिभरपुलको ३ खेलबाट ९ अंक छ ।
