वेष्ट इन्डिजविरुद्ध भारत उच्च योगफलतर्फ, कोहली–रहानेको लोभलाग्दो साझेदारी
प्रकाशित २०७६ भदौ ८ आइतबार
375
Shares
काठमाडौं । वेष्ट इन्डिज विरुद्धको पहिलो टेष्ट क्रिकेटमा भारत उच्च योगफलतर्फ अगाडि बढेको छ । नर्थ साउन्डमा भइरहेको खेलमा पहिलो इनिङमा ७५ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङमा उत्कृष्ट खेलेको छ ।
पहिलो इनिङमा खराव सुरुआत गरे पनि अजिन्क्या रहानेको ८१ तथा रविन्द्र जडेजाको ५८ रनको योगदानमा २९७ रन बनाएको थियो ।
जवाफमा वेष्ट इन्डिजले २२२ रन बनाउन सक्यो । रोस्टन चेजले ४८ रन बनाए । इशान्त शर्माले ४३ रन दिएर ५ विकेट लिए ।
मोहम्मद शामी र रविन्द्र जडेजाले २–२ विकेट लिए । दोस्रो इनिङमा भने भारत सुधारिएको छ ।
तेस्रो दिनको समाप्तिसम्म भारतले ३ विकेटको नोक्सानीमा १८५ रन बनाएको छ । रहानेले नटआउट ५३ तथा कप्तान विराट कोहलीले नटआउट ५१ रन बनाएका छन् ।
८१ रन जोड्दा ३ विकेट गुमाएको भारतका लागि कोहली र रहानेले १०४ रनको साझेदारी गरिसकेका छन् ।
भारतले २६० रनको अग्रता बनाइसकेको छ ।
आइसीसी वल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत भारत र वेष्ट इन्डिजले पहिलो खेल खेलेका हुन् ।