-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा विजयी सुरुआत गरेको छ ।
शनिबार भएको सिजनको उद्घाटन खेलमा पर्मालाई १–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले विजयी सुरुआत गरेको हो ।

जर्जियो चिलीनीले खेलको २१ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई महत्वपूर्ण ३ अंक दिलाए ।

पोर्चुगिच स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि भीएआरले गोलको मान्यता दिएन । रोनाल्डोको गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

रोनाल्डोको काँघ अफसाइडमा पुगेको थियो ।
शनिबारको नतिजा
शनिबारको दोस्रो खेलमा नापोलीले फियोरेन्टिनालाई ४–३ गोल अन्तरले हरायो । लोरेन्जो इन्सिग्नेले दुई गोल गर्दै नापोलीलाई जिताए ।

आइतबार राति ७ खेल हुनेछन् ।


