-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको तेस्रो चरणको खेलबाटै सतप्रतिशत खेल्ने टिम एउटामै सीमित भएको छ । त्यो सफलता लिभरपुलले हासिल गरेको हो ।

शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

घरेलु मैदान एन्फिल्डमा लिभरपुललाई जित दिलाउन इजिप्टका खेलाडी मोहमद सलाहले दुई गोल गरे । खेलमा जोएल माटिपले सुरुआती गोल गरेका थिए ।

कमजोर खेलेको आर्सनलका लागि लुकास ट्रोरिराले अन्तिम समयतिर सान्त्वना गोल फर्काएका थिए ।

जितसँगै लिभरपुलले ३ खेलबाट सतप्रतिशत नतिजासहित ९ अंक जोडेको छ । लिभरपुल लिगको शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानको आर्सनलको यो पहिलो हार हो । आर्सनलले ३ खेलबाट ६ अंक जोडेको छ । आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ ।

तेस्रो स्थानको लेस्टर सिटीको ५ अंक छ । लेस्टरले एक जित र दुई बराबरी गरेको छ ।
चौथो स्थानको म्यान्चेस्टर सिटीको २ खेलबाट ४ अंक छ । पाँचौं स्थानको म्यान्चेस्टर युनाइटेडको ३ खेलबाट ४ अंक छ । युनाइटेड शनिबार राति चेल्सीसंग घरेलु मैदानमै गुल्टिएको हो ।

अहिलेसम्म न्युकासल युनाइटेड र वाटफोर्डले अंकको खाता खोलेका छैनन् ।
