-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । तेस्रो टेष्ट क्रिकेटमा इंगल्याण्ड विरुद्ध अष्ट्रेलियाले खराव सुरुआत गरेको छ ।
लिड्समा बिहीबारदेखि सुरु भएको एसेज सिरिजको तेस्रो खेलमा अष्ट्रेलिया पहिलो दिनमै १७९ रनमा अलआउट भयो ।

वर्षाले पटक पटक अवरुद्ध भएको खेलमा ५२.१ ओभरमात्र क्रिजमा टिकेको अष्ट्रेलियाका ३ खेलाडीले मात्र दोहोरो स्कोर जोडेका थिए ।

मार्नस लाबुस्चाग्नेले ७४, डेभिड वार्नरले ६१ तथा कप्तान टिम पाइनेले ११ रन बनाएका थिए ।

पहिलो खेलमा दुई वटा सतक तथा दोस्रो खेलमा आकर्षक खेलेका स्टेभेन स्मिथ चोटका कारण खेल्न नसकेपछि टिम लड्खराएको हो ।

आकर्षक बलिङ गर्ने क्रममा जोफ्रा आर्चरले ६ तथा स्टुवार्ड ब्रोडले २ विकेट लिए ।
यसअघिको पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको थियो भने दोस्रो खेल वर्षाका कारण बराबरीमा टुंगिएको थियो ।
विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत एसेज सिरिज भइरहेको हो ।