arrow

भारतको संघर्षपूर्ण खेल

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
birat-kohli.jpeg

काठमाडौं । भारत र वेष्ट इन्डिज बीचको पहिलो टेष्ट क्रिकेटमा भारतले संघर्षपूर्ण प्रदर्शन गरेको छ । वेष्ट इन्डिजमा भइरहेको खेलमा पहिले ब्याटिङ गरेको भारतले पहिलो दिन बिहीबार रातिको खेल सकिँदा ६ विकेटको नोक्सानीमा २०३ रन बनाएको छ । 

कमजोर सुरुआत गर्ने क्रममा भारतले २५ रन जोड्दा मायांक अग्रवाल, चेतेश्वर पुजारा र कप्तान विराट कोहलीलाई गुमाइसकेको थियो । 

पारी के दौरान शॉट खेलते अजिंक्य रहाणे।

केएल राहुल र अजिन्क्या रहानेबीच सुधारोन्मुख साझेदारी भएको थियो । त्यस्तै रहाने र हनुमा विहारीबीच पनि संयमित साझेदारी भएपछि भारत सम्मानजनक स्थितिमा पुगेको हो । 

विंडीज टीम।

रहानेले ८१, राहुलले ४४ र विहारीले ३२ रन बनाए । रिसभ पन्त २० र रविन्द्र जडेजा ३ रनमा नटआउट छन् । 

विराट का विकेट हासिल करने के बाद शैनन गेब्रियल।

केमार रोचले ३ तथा शानन गाब्रिअलले २ विकेट लिएका छन् । 

विंडीज के बल्लेबाज ड्वेन ब्रावो।

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत भारत र वेष्ट इन्डिजले पहिलो खेल खेलिरहेका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ