arrow

करणीको बयान लिने क्रममा अनुसन्धान शाखाबाट भागेका यादवसहित चार पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ भदौ ४ बुधबार
Dhanusha-Police.jpg

जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार जवर्जस्ती करणी मुद्दाका एक अभियुक्तसहित ४  जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत बिहीबार बयान लिने क्रममा अपराध अनुसन्धान शाखाबाट फरार भएको राममनी यादवसहित चार विद्यार्थीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।  फरार  भएको ६ दिनपछि प्रहरीले मंगलबार राति  सिरहा जिल्ला  माडरको भारतीय सीमाबाट यादवलाई पक्राउ परेका प्रहरी स्रोतले जानकारी दिएको छ।

पक्राउ पर्नेमा राममनीका साथै सिरहा औरहीका प्रमेश यादब, ठैगहीका सुर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादव रहेका हुन् ।

यी चारै जना जनकपुरस्थित एक कलेजमा ओभरसियर अध्ययनरत विद्यार्थी छन । पक्राउ परेका ५ जनामाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले  बताए।

प्रहरीको हिरासतबाटै यादव फारर भएपछि अपराध अनुसन्धान शाखाका असई राजकुमार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले निलम्बित गरेका छन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बलवा टोलमा डेरा लिई बस्दै गरेका सिरहाका २० वर्षीय राममणी यादवले बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ