प्रचण्डले मधेशी जनताको फुके कान : दु:ख र पीर मर्का पर्दा प्रदेश दुईले जनताको साथ दिएको छ ?
'सरकार ५ वर्षसम्म टिक्न प्रधानमन्त्री ओलीले सम्झदारीमा हिडनुपर्छ'
निरंजन कुमार साह,
प्रकाशित २०७६ भदौ ३ मंगलबार
540
Shares
जनकपुरधाम । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर नम्बर दुईको सरकारले जनतालाई झन् दु:ख दिएको आरोप लगाएको छ ।
सोमवार धनुषाको बरमझियामा शहीद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जनताले गरेको त्याग र बलिदान अनुसार प्रतिफल नपाएको गुनासो व्यक्त गरे ।
‘तपाईंहरूले गरेको त्याग र बलिदानी अनुसार कै प्रतिफल पाउनुभएको छ ?’ प्रचण्डले प्रश्न गरे, ‘प्रदेश नम्बर दुईको सरकारले के काम गरिरहेको छ, विकासले गति लिन थाल्यो त ? दु:ख र पीर मर्का पर्दा जनताको साथ दिएको छ त ?’
प्रचण्डले भने, ‘मैले बुझेसम्म त्यस्तो भएको छैन । भ्रष्टाचार बढेको छ, सुशासन छैन, जनतालाई झन् दु:ख परेका छन । प्रचण्डले केही समयअघि प्रदेश नम्बर दुईका मुख्यमन्त्रीसहितको टोली काठमाडौं गएको र प्रधानमन्त्री बालुवाटारमा यस विषयमा छलफल पनि गरेको खुलासा गरे ।
यता प्रचण्ड’ ले भने प्रधानमन्त्री केपी शर्मा ओली सम्झदारी हिंडयो भने कसैले पनि वर्तमान सरकारलाई ५ वर्षसम्म हलाउन नसक्ने दाबी गरे।
संचारकर्मीहरुसंग कुरा गर्दै भने पहिला कानूनी जटिलताहरु थियो त्यसलाई चिर्दै सरकार अब विकासको गतिमा लागेकाले ५ वर्षसम्म सरकार टिक्छ, तर त्यसकास लागि प्रधानमन्त्री ओलीलाई एकीकृत पार्टीको सम्झदारीमा हिडनुपर्छ ।
पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य उद्देश्यका साथ सरकार अघि बढिरहेको छ, त्यसका धेरै पुर्वाधार तयार भइसकेकोले अब सरकारले विकासको गतिलाई अझ तिव्रताका साथ अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
अध्यक्ष प्रचण्ड संगै कार्यक्रममा सहभागी हुन आएका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता गर्दा वरिष्ठ नेताहरु छुटेकाले उनीहरुलाई पनि समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिदै वरियता क्रममा झलनाथ खनाल पार्टीको दोश्रो वरिष्ठ नेता हुन तर पार्टी एकताले उहाँलाई नसमेटेर अपमान गरेको बताए ।