arrow

नेकपा सचिवालय बैठक शुक्रबार, ओली बिरामी हुँदा शंकैशंका

logo
प्रकाशित २०७६ साउन ३१ शुक्रबार
narayankaji-shrestha.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार ३ बजे बस्ने गरी टुङ्गिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल रहेकाले बिहीबार अनौपचारिक रुपमा बैठक बसेको र शुक्रबार पुनः बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।   
     
सहमति जुट्न नसकेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै यसअघि दुई पटक स्थगित भएको थियो । 

नेकपाको स्कुल विभागमा टुङ्गो नलाग्दा बैठक पटकपटक सारिँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी रहेको बताइएको छ । 

यसअघि साउन १३ गते बैठक बसेको थियो ।     

बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका कारण बैठक बस्न नसकेको जनाइएको थियो । ओलीलाई ज्वरो आएको भनिए पनि अवस्था अलि असहज भएकाले पुनः सिंगापुर लैजाने चर्चा समेत चलेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ