arrow

सरकारका प्रवक्ताको जिल्लामा जनैपूर्णिमाको बिदा

logo
प्रकाशित २०७६ साउन २९ बुधबार
Temal_Gaunpalika.png

बनेपा । संघीय सरकारले जनैपूर्णिमाका अवसरमा सार्वजनिक बिदा नदिए पनि सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको जिल्ला काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।     
     
गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाको केन्द्रमा अवस्थित नारायणको मन्दिर परिसरमा जनैपूर्णिमाको अवसरमा परापूर्वकालदेखि नै जनैपूर्णे धार्मिकजात्रा हुने गरेका कारण स्थानीय बासिन्दाको उल्लेय सहभागिता रहने भएकाले बिहीबार सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले बताए ।    
     
“नारायणस्थानमा लाग्ने धार्मिकजात्रा तेमालको सांस्कृतिक पर्वकै रुपमा विकास हुँदै गएको र तेमाललगायत छिमेकी गाउँपालिका÷नगरपालिकादेखि अन्य जिल्लाबाटसमेत भक्तजनको उपस्थिति हुने भएकोले बिदा गरिएको हो”, गाउँपालिका अध्यक्ष तामाङले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ