बाजुरा । सोमवार रातिदेखि आएको अबिरल वर्षासंगैं बुढिगंगा नदीको बहाव बढेको छ । नदीको बहाव बढेसँगै बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाको वीचमा पर्ने ताप्रीसेरा पुलमाथिबाट पानी बग्न थालेको हो ।
पुलमाथिवाट पानीको बग्न थालेसंगै उक्त पुल जोखिममा परेको छ । तल गुँहीगाड खोला र माथि द्धाराको पहिरो खस्दा वीचमा रहेको उक्त पुल पुरिने खतरा वढेको स्थानीय रन्सिंह थापाले बताए ।
बिशेषगरी बुढिगंगा र त्रिबेणी नगरपालिकाबाट आवागमन गर्ने यात्रुलाई सास्ती भएको स्थानीय बासिन्दाले बताए। । गतवर्ष द्धारी मनागाड पुल बुढिगंगा नदीले पुरेको थियो । पुलमाथिबाट पानी बग्न थालेपछि पैदल यात्रु फर्किएका छन् । त्रिबेणी र बुढिगंगा नगरापालिका जोड्ने चारवटा पुल नदीमा पुरिएपछि बल्देमा रहेको एउटै पुलको प्रयोग गर्न बाध्यछन् ।
गुइँगाड खोलाले बुढिगंगा थुनिदा केही वर्ष पहिले सेराबगरको पुल पुरिएको थियो । एक दशकयता त्रिबेणी नगरपालिकाको मौरे देखि द्धारीसम्मका चारवटा पुल बुढिगंगा नदीले पुरीसकेको छ । बुढिगंगा नदीको बहाव र सम्भावित वाडिपहिरोको जोखिम लाई मध्यनजर नगरी नदी सतहबाट ३-४ मिटर माथिबाट पुल निर्माण गर्दा खोला बढ्ने वित्तिकै पुल जोखिमा पर्ने गरेको स्थानीयको गुनासो छ ।
भौतिक पूर्वाधार विकास कार्यालय अछाम –बाजुरा प्रमुख जंगवहादुर थापाले भने,' बुढिगंगा नदीको बहाव माथिवाट उच्च छ तल गुंईगाड खोले पानीको वहाव अवरोध गरेको छ । बुढिगंगा नदीको केही भाग डि ग्रेडिङ्गमा परेकोले विगतदेखि ढुगा गिट्टी बालुवा लगायतका वस्तु थुपार्दे गएको छ । पुल प्रोटेक्सन गर्न कटअप मेथर्ड प्रयोग गर्न सथानीय तहका( त्रिबेणी र बुढिगंगा नगरपालिका) प्रमुखलाई डोजर प्रयोग गरी पानीको वहाव खुकुलो गन एक वर्ष अघि जानकारी गराएको तर, कार्यान्वयन नहुंदा पुल पुरिने समस्या आएको हो । ”
द्धारी पहिरो र गुँईगाड खोलामा बृहहत तट्बन्दन नगरेसम्म बुढिगंगा नदी थुनिने बग्ने खतरा यथावत रहने अछाम –बाजुरा पूर्वाधार विकास कार्यलय प्रमुख थापाले बताए। बुढिगंगा नदी थुनिदा बाजुराका केही भाग र छिमेकी जिल्ला अछामको बैज्यनाथ सम्मका बस्तीलाई असर पर्ने देखिन्छ ।