arrow

बोलबम हिडेकी रामशिलालाई तिर्थयात्री चढेकै ट्रयाक्टरले दियो ठक्कर

logo
प्रकाशित २०७६ साउन १९ आइतबार
dead2.jpg

सर्लाही । ट्रयाक्टरको ठक्करबाट एक बोलबम तिर्थयात्रीको मृत्यु भएको छ । ट्रयाक्टरको ठक्करबाट गम्भिर घाईते भएकी चक्रघट्टा गाउँपालिका–९ निवासी हृदय दासकी १७ वर्षीया छोरी रामशिला दासको मृत्यु भएको हो ।

कबिलासी नगरपालिका–७, सिर्सिया बजार स्थित नवलपुर–मलंगवा सडकखण्डमा ट्रयाक्टरको ठक्करबाट दास गम्भिर घाईते भएकी थिइन्। बागमती नदीबाट जल उठाएर भारतको मढिया मन्दिरमा चढाउनका लागि मोटरसाईकलमा जाँदै गरेको अवस्थामा दास चढेको भारतीय बीआर ३० भी ७१८७ नम्बरको मोटरसाईकललाई पछाडीबाट शनिबार राती सबा ११ बजे बोलबम तिर्थयात्री चढेकै ट्रयाक्टरले ठक्कर दिएको थियो ।

सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगंजतर्फ लैंजादै गर्दा दासको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने बोलबम तिर्थयात्री बोकेको ट्रयाक्टर हालसम्म पत्ता नलागेको प्रहरीले जनाएको ।

विना हेल्मेट ४ जनासम्म चढेर सयौं मोटरसाईकल अनियन्त्रित ढंगले तिब्रगतिमा कुदाँईदा पूर्व–पश्चिम राजमार्ग एवं नवलपुर–मलंगवा सडकखण्ड आसपासका बासिन्दा त्रसित बनेका थिए । भारतको मढिया मन्दिरमा चढाउने जल लिन शनिबार दिउँसोदेखि राती अबेरसम्म बागमती नदीमा हजारौं भारतीय एवं सर्लाही, महोत्तरी, रौतहट लगायत जिल्लाका बोलबम तिर्थयात्रीको भिड लागेको थियो ।

पैदल एवं मोटरसाईकलमा सवार बोलबम तिर्थयात्री तथा तिर्थयात्री चढेर बागमतीसम्म आएका ट्रयाक्टर, टेम्पो र मोटरसाईकल पार्किङले बागमती नदि किनार सहित सदरमुकाम मलंगवा सम्मकै सडक अस्तव्यस्त बनेको थियो । बागमती नदी एवं चापिनी र लखन्देही खोलाको पूलमा घण्टौंसम्म सवारीसाधन जाममा फसेका थिए ।

एकैदिन हजारौं तिर्थयात्री आएकाले व्यवस्थापनमा निकै कठिनाई आईपरेको र आगामी दिनमा थप व्यवस्थित गरिने बोलबम सेवा समिति बागमतीका अध्यक्ष जय गोलेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ