arrow

भारतले वेष्ट इन्डिजलाई हरायो 

logo
प्रकाशित २०७६ साउन १८ शनिबार
india1.jpeg

काठमाडौं । वेष्ट इन्डिज विरुद्धको पहिलो टी–२० क्रिकेटमा भारतले जित निकालेको छ । 

लौडेरहिलमा शनिबार राति भएको खेलमा भारत ४ विकेटले विजयी बन्न सफल भएको हो । 

खलील अहमद ने रोवमन पॉवेल को आउट किया।

९६ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा ६ विकेटको नोक्सानीमा जित निकाल्न सफल भएको हो । 

रोहित शर्माले सबैभन्दा बढी २४ रन बनाएको इनिङमा कप्तान विराट कोहली र मनिश पान्डेले १९–१९ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले काइरोन पोलार्डको ४९ रनको मद्धतमा ९ विकेटको नोक्सानीमा ९५ रन बनायो । 

निकोलस पुरनले २० रन बनाए । बाँकी कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गरेनन् । नवदिप साइनीले ३ विकेट लिए । भुवनेश्वर कुमारले पनि २ विकेट लिए । 

नवदीप सैनी।

जितपछि ३ खेलको सिरिजमा भारतले १–० को लिड लिन सफल भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ