मैले खुर्पाले मोतिलालको हत्या गरें भन्दै प्रहरी चौकी पुगे लक्ष्मण
रमेश विश्वकर्मा,
प्रकाशित २०७६ साउन १५ बुधबार
332
Shares
गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ३ तोलादीमा खुर्पा प्रहार गरी एक जनाको हत्या भएको छ । मुसिकोट नगरपालिका वडा नं ३ तोलादी निवासी ४८ वर्षका मोतिलाल कुमालको हत्या भएको हो ।
सोही स्थानका ४५ बर्षिय लक्ष्मण कुमालले आफुले धारिलो हतियार प्रयोग गरी मोतिलालको हत्या गरेको भन्दै प्रहरी चौकी वामीमा आएका थिए ।
खेतमा सिंचाई गर्ने बिषयमा झगडा भएको र दुवैले रक्सी खाएको कारण सो घटना भएको प्रहरीको भनाइ छ ।
मृतकको शव नौघाट भन्ने ठाउँमा भेटिएको थियो भने हाल मुचुल्का तयार गरी पोष्टमार्टमको निम्ति जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरीले बताएको छ ।