arrow

 विप्लवको क्रुर बन्द आब्हान, दुई वटा गाडीमा आगजनी    

logo
प्रकाशित २०७६ साउन १५ बुधबार
biplab-maobadi.jpeg

हेटौँडा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले मंगलबार राति मकवानपुरका दुई स्थानमा गाडी जलाएको छ ।

विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । 

कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए । यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । 

हेटौँडाको थानाभर्याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।

विप्लवको बन्द आव्हानले जनजीवन प्रभावित भएको छ । लामो दूरीका सवारी साधन चलेका छैनन् । शैक्षिक संस्था ठप्प छन् ।      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ