arrow

माग पुरा गराउन संसद छिर्दै मोर्चा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2073766159.jpeg
काठमाडौं । सडक आन्दोलन र वार्ताबाट पनि आफ्ना माग पुरा हुन नसकेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका संसदमा फर्कने रणनीति अपनाएको छ । संविधान निर्माण प्रक्रियादेखि नै असहमति जनाउँदै मोर्चाले संसदभित्रैबाट संशोधनमार्फत आफ्ना एजेन्डा स्थापित आइतबारदेखि संसदमा फर्कन लागेको हो । तराईमा विगत ८४ दिनदेखि आन्दोलनर जारी छ । 

मोर्चा स्रोतका अनुसार सडक र वार्ताबाट पनि आन्दोलनको माग पुरा हुन नसकेपछि आन्दोलनको स्वरुप परिवर्तन गर्दै अन्ततः संसदलाई नै निकासको बिन्दु मानेर मोर्चा आउन लागेको हो ।  मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई–मधेस सद्भावना पार्टीका ३५ सांसद छन्। संविधान निर्माणको प्रक्रियादेखि संसदमा नआएको मोर्चाले आफ्नो मागलाई पुरा गराउनका लागि चाहिँ संसदकै ढोका ढकढक्याउन पुगेको छ ।

प्रधानमन्त्रीको निर्वाचनमा बाहेक मोर्चाको कुनै घटक पनि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको निर्वाचनमा सहभागिता जनाएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ