arrow

गेष्ट हाउसमा तीन किलो गाँजा छाडी भागेका श्रेष्ठ पक्राउ

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
pakrau-new.jpeg

काठमाडौं ।  लागुऔषधसहित पक्राउ गर्ने क्रममा गाँजा छाडेर फरार भएका एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–९ घर भएका २३ वर्षीय कृष्ण श्रेष्ठ रहेका महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

काठमाडौँ महानगरपालिका–९ गौशालास्थित जनकपुर गेष्ट हाउसबाट यही साउन ५ गते तीन किलो गाँजा छाडी प्रहरीलाई छलेर उनी फरार भएका थिए ।

खोजी गर्ने क्रममा तारकेश्वर–९ बाट स्थानीय प्रहरीको समन्वयमा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ