arrow

विद्यालयको बसमा खैरो हिरोइन र नक्कली नोट, एक पक्राउ

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ साउन १० शुक्रबार
school-bus1.jpg

कपिलवस्तु । जिल्लामा  खैरो हिरोइन र नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मायादेवी गा.पा.४ चाकरचौडास्थित पिपराबाट चाकरचौडा तर्फ जादै गरेको लु १ क १५५४ नं.को बसबाट उक्त लागु औषध र नक्कली नोट बरामद गरिएको हो ।

पिस ग्लोबल ईङ्लिश बोर्डिङको उक्त बसलाई बिशेष सूचनाको आधारमा नियन्त्रणमा लिई चेकजााच गर्दा बसको टुलबक्सबाट १० पोका खैरो हिरोईन भेटिएको हो ।

सादा पोशाकमा खटिएको प्रहरी टोलिले उक्त बस चेकजाच गर्ने क्रममा लागु औषध सहित नेपाली रू.५००.(पााच सय)को घ ६१।६८१३६३ नं.को ८८ थान नक्कली नोट समेत बरामद गरेको थियो ।

हाल बस चालक बरकुलका देउकीनन्दन कसौधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी राखिएको कपिलवस्तु प्रहरी उपरिक्षक दिप शम्शेर राणाले बताए  । खुल्ला सिमा भएको कारण नेपाल बाट भारत लागु औषधको कारोवार नियमित जसो हुने र प्रहरीले पटक पटक लागु औषध बरामद हुने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ