arrow

मलेसियाविरुद्व पारस नखेल्ने, वर्षाले खेल नभए नेपाललाई घाटा 

logo
प्रकाशित २०७६ साउन ८ बुधबार
nepali-cricket2.jpg

काठमाडौं । सिंगापुरमा जारी टी–२० विश्वकप छनोट क्रिकेट अन्तर्गतको एसिया फाइनलको मलेसियाविरुद्वको खेल वर्षाले अवरुद्ध भएको छ । बुधबार बिहान ७ः१५ देखि हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेको हो । 

यो खेल वर्षाका कारण अवरुद्ध भए नेपाललाई ठूलो घाटा लाग्नेछ । पहिलो खेलमा मंगलबार कतारसंग पराजित भएको नेपाललाई छनोट हुने सम्भावना जिवितै राख्न मलेसियालाई हराउनै पर्ने हुन्छ । 

यो खेल रद्द भए नेपालले १ अंकमात्र बटुल्ने छ र प्रतियोगिताको उपाधि होडबाट बहिरिने छ । शीर्ष स्थान ओगट्ने टिममात्र अर्को चरणमा पुग्नेछ । 

पारस नखेल्ने 
नेपाली टिमका नियमित कप्तान पारस खड्का मलेसियाविरुद्धको खेलमा नखेल्ने भएका छन् । 

उनले कतारविरुद्वको खेलमा चोट बोकेका थिए । 

उनलाई ढाडमा समस्या देखिएको बताइएको छ ।

पारसको स्थानमा अब उपकप्तान ज्ञानेन्द्र मल्लले कप्तानी सम्हाल्ने छन् । 

अंकतालिका
पाँच टिम सहभागी प्रतियोगितामा २ खेलबाट ३ अंकसहित सिंगापुर शीर्ष स्थानमा छ । 

मलेसिया १ खेलबाट २ अंकसहित दोस्रो, कतार २ खेलबाट २ अंकसहित तेस्रो र कुवेत २ खेलबाट १ अंकसहित चौथो स्थानमा छ । 

शीर्ष वरियताको नेपाल भने एक खेलबाट अंकविहीन हुँदै पुछारमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ