बाढि ग्रस्त क्षेत्रमा नेविसंघको नि:शुल्क स्वास्थ्य शिविर
प्रकाशित २०७६ साउन ६ सोमबार
929
Shares
रोतहट। भारी वर्षापछि नदीको उच्च बहाबका कारण डुबानमा परेको रौतहटको गढिमाइ ३ लक्ष्मीपुरमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । वीपी कोईरालाको ३७औ स्मृति दिवसको अवसर पारेर नेविसंघले नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
स्वास्थ्य शिविरमा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङका डाक्टरहरुको टोलीले उपचार गरेको थियो । शिविरबाट पाँच सय बढि मानिसहरु सेवा लिएको नेविसंघ नेता दिपक भट्टराईले बताए । बढि ग्रस्त क्षेत्रमा संभावित महामारी र रोग फैलिन नदिन उपचार गरिएको नेविसंघ पुर्व महामन्त्री मनोजमणि आचार्यले जानकारी दिए ।
कार्यक्रममा पूर्व महामन्त्री प्रतिमा गौतम, नेविसंघ नेताहरु उज्जवल घिमिरे, कल्पना खड्का, भोला नेपाल, हरीहर शर्मा, पवन नेपाली, अर्चना रेग्मी, लोकेन्द्र भण्डारी, किशोर गुरुङ, अर्जुन पौडेल, राजा बाबु शाह लगायतको सहभागीता रहेको थियो ।