मधुश्रावणी पर्वमा श्रृंगारले सजिए महिला, तिथि अनुसारको सुनाइन्छ कथा
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन ६ सोमबार
501
Shares
जनकपुरधाम । मिथिलाका महिलाहरुले पन्ध्र दिनसम्म पूजा पाठ गरेर मनाउने मधुश्रावणी पर्व सोमबारदेखि सुरु भएको छ । मिथिलामा बसोबास गर्ने महिलाहरु आफ्नो पति र परिवारको दिर्घायु एवम समृद्धिको कामना गर्दै मधुश्रावणी मनाउने गरेका छन ।
जनकपुरसहित मिथिला क्षेत्रका गाउँ नगर बस्तीमा मधुश्रावणी पर्वको रौनक बढेको हो । पर्वमा रमेका नव विवाहिता महिलाहरुको समूह नै श्रृंगारिक गीतमा लय बाँध्दै घर बाहिर निस्केपछि यस पर्वको रौनकता बढेका हुन् ।
मिथिला परम्परा अनुसार मैनापञ्चमी भनिने श्रावण कृष्ण पञ्चमीदेखि श्रावण शुक्ल तृतीयासम्म मनाइने यस पर्वमा नव विवाहिता महिलाले शिव पार्वती र नाग देवताको पूजा आराधना गर्ने परम्परा हो । गाउँका साथीहरुसँग गीत गाउँदै पूजा आराधनाको मुख्य समाग्री फूल टिप्न निस्केका नव विवाहिता महिलाहरुको रसिक गीतको सामुहिक लयले बाटो हिँड्ने जोसुकैको मन तानेको देख्ने गरिन्छ।
विवाह भएको वर्षमा पहिलो पटक आउने यस तिथीमा मनाइने यो पर्व नव विवाहिताले माइती घरमै मनाउने गरेपनि पर्वका सारा सामाग्री भने पतिले पठाएका नै प्रयोग गर्ने परम्परा रहेको ब्रतालु महिला बताउछन् ।
हरेक दिन साँझ श्रृंगारिएर साथीहरुसँग रमाइलो ठट्टा गर्दै गीतगाउँदै ब्रतालु महिलाहरु छरछिमेक, मठमंदिर र फूलबारीबाट टिपेर ल्याएको फूलले भोलीपल्ट पूजा आराधना गर्ने परम्परा रहेका छन । साउन महिनाको पंचमी तिथिदेखि १५ दिनसम्म मनाइने यसपर्वमा महिलाहरु मुख्य रुपले गौरी अर्थात पार्वती र नाग देवतालाई पूजा गर्दछन्।
त्रेता युगमा समेत माता सीताले गौरीको पूजा गरेकोले मधुश्रावणीमा पनि महिलाहरु गौरीको पूजा गर्ने गरेका छन ।
पूजा गर्ने क्रममा गाउँ अथवा टोलको वृद्ध महिलाले १५ दिनसम्म तिथि अनुसारको कथा सुनाउने गर्दछन्। साउन महिनाको कृष्ण पक्षको पंचमीदेखि शुक्ल पक्षको तृतीयासम्म मनाइएने यस पर्वको अन्तिम दिन ब्रतालु महिलालाई बल्दै गरेको दियोको तातो तेलले घुँडामा पोल्ने प्रचलन रहेको हो । जसलाई स्थानीय भाषामा टेमी भन्ने गरिएका छन ।
पहिलो दिन नाग–नागिन देवीदेउताको पूजा गरी शुभारम्भ गरेपछि दोस्रो दिन महादेवको मानस पुत्री बिहुलाको तथा, बिसहराको कथा, मङगला गौंरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समन्द्र मन्थन कथाका बारेमा जानकारी गराईन्छ ।
त्यसपछि कक्रिम रुपमा सतीको कथा, पतिव्रताको कथा, महादेवको परिवारको कर्था, गंगाकी कथा, गौंरी अर्थाते पावतीको जन्म, तपस्या र विवाह, गौंरीकी माता मैनाकी मोहभंगको सम्बन्धमा नवविवनहितनलाई जानकारी गराइन्छ ।
त्यसैगरी कात्तिक र गणेशको जन्म, सन्भ्याको विवाह र लिलीको जन्म, विवाह, पतिव्रता सुकन्याकी कथा, बाल वसन्त, गोसाउनिकको कथा, राजा किरकको कथा र गणेशद्वारा सोहागको मन्थन । वितरणको सम्बन्धमा जानकारी गराइन्छ ।
मधुश्रावणी पर्वको अन्तिम दिन महिलालाई भोज खुवाउने परम्परा छ । यो भोजभतेर नवविवाहिताको ससुरालीको पक्षबाट गर्ने गरिन्छ ।