arrow

राजपा अध्यक्षमण्डलको संयोजकमा राजकिशोर यादव

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
rajkisor.JPG

काठमाडौं ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि राजकिशोर यादवले सम्हाल्ने भएका छन् ।

 राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा भएको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी सम्हाल्नुहुने राजपाका संयोजक अनिलकुमार झाले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन्  ।

 राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ