arrow

पहिरो झरेर मेचीराजमार्ग अवरुद्ध

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ साउन २ बिहिबार
ranke_sadak_photo_4.jpg

पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम—राँके सडकखण्ड अन्र्तगत फाल्गुनन्द ३ को पाङग्रेभीरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

बिहिबार बेलुका बाटै पहिरो झरेर सडक अवरुद्ध हुँदा अहिले पूर्वी पहाडि जिल्ला पाँचथर,ताप्लेजुङ र तेह्रथुमबाट जाने र इलाम, झापाबाट आउने सवारी साधानहरु रोकिएका छन् ।

ठूलो पहिरो झरेका कारण पन्छाउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनक तिम्सिनाले बताए । अहिले स्काभेटर,नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानियको प्रयासमा पहिरो पन्छाइराखिएको उनले बताए।

 यसअघि पनि पहिरो झरेर त्यस ठाउँमा अवरुद्ध भएको सडक स्काभेटर,र प्रहरीको सहयातमा एकतर्फी भएपनि सडक संचलनमा ल्याइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ