सेमिफाइनलमा धोनी चौथो नम्बरमा नउत्रिनुको कारण यस्तो
प्रकाशित २०७६ असार २७ शुक्रबार
432
Shares
काठमाडौं । इंगल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा भारत न्यूजिल्याण्डसंग पराजित भएपछि धेरै प्रश्नहरु उब्जिएका छन् ।
२४० रनको लक्ष्य लिएर मैदानमा उत्रेको भारतले ५ रन जोड्दा रोहित शर्मा, लोकेश राहुल र विराट कोहलीलाई १–१ रनमा गुमाएपछि समस्यामा परेको भारतका लागि चौथो नम्बरमा किन महेन्द्र सिंह धोनी ब्याटिङ गर्न उत्रेनन् भन्ने प्रश्न खडा भएको छ ।
यो प्रश्न अहिले जताततै उठिरहेको छ । यसबारेमा भारतीय कोच रवि शास्त्रीले भनेका छन् –यो पूरै टिमको फैसला थियो धोनी तल रहेर खेलुन् ।
इन्डियन एक्सप्रेसलाई बताउँदै शास्त्रीले ‘यदि धोनी पहिले नै आउट हुन्थे भने टिम चेज गर्नमै फस्ने थियो । यो फैसला पूरा टिमको थियो । यो सहज फैसला पनि थियो ।’
उनले भनेका छन्, ‘यदि धोनी पहिले नै आउट हुन्थे भने लक्ष्य पछ्याउने सारा खेल बिग्रने थियो ।’
शास्त्रीले धोनीको अनुभव पछि नै काम लाग्ने थियो भन्दै धोनी विश्वकै सबैभन्दा उत्कृष्ठ फिनिसर भएको बताए ।
यो खेलमा भारत १८ रनले पराजित भयो । धोनी ५० रन बनाएर रनआउट भएका थिए ।