-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
लमही । दाङ देउखुरी जिल्ला अदालत दाङले घोराही उपमहानगरपालिका–१५ का ऋषिराज आचार्यलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।
पुर्पक्षका लागि कारागार चलान भएका आचार्यलाई निर्दोष रहेको भन्दै न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पङ्ज्ञानीको इजलासले सफाइ दिएको हो ।
घरमा काम गर्न राखेकी एक बालिकालाई पटक–पटक बलात्कार गरेको भनी मुद्दा परेपछि प्रहरीले आचार्यलाई पक्राउ गरेको थियो ।