arrow

क्रिस गेलको ‘झूर इन्डिङ’

क्रिकेटमा रन र विकेटमात्र हुन्न मनोरन्जन पनि हुन्छ भन्ने प्रमाण पेश गरेका छन्

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
gayle2.jpg

काठमाडौं । वेष्ट इन्डिजका ओपनिङ ब्याट्सम्यान बिहीबार अन्तिम पटक एक दिवसीय विश्वकप क्रिकेटमा उत्रिए। ३९ वर्ष २८७ दिनका गलले एक दिवसीयबाट सन्यासको घोषणा गरिसकेका छन् । उनले यो नै अन्तिम खेल भएको बताएका छन्। बिहीबार वेष्ट इन्डिजले अफगानिस्तानसंग खेलेको छ । तर यसमा गेलले विश्व कीर्तिमानी रन बनाउने अनुमान गरिएको थियो । 

विष्फोटक ब्याटिङ गर्ने अनुमान विपरीत गेलको इन्डिङ झूर भयो । उनले १८ बल खेल्दै केवल ७ रन बनाए । त्यसमा एउटा चौका सामेल थियो । गेलले अर्को महिना भारतसंग खेलेरै विदाई लिने इच्छा रहेको बताएका छन् । उनले ६ ओभर बलिङ गर्दै २८ रन दिएर १ विकेट लिएका थिए । 

गेलले एक दिवसीयमा २९८ खेलमा १०,३९३ रन बनाएका छन् । त्यसमा ३७.९३ को औसतमा उनले २५ सतक र ५३ अर्धसतक सामेल छन् । 

गेलका नाममा ३२६ छक्का प्रहारको कीर्तिमान छ । त्यसैगरी उनले १०३ टेष्टमा ४२.१८ को औसतमा ७२१४ रन बनाएका छन् । जसमा १५ सतक र ३७ अर्धसतक सामेल छ । ५४ टी–२० मा उनले ३२.५४ को औसतमा २ सतक र १३ अर्धसतक सहित १६२७ रन बनाएका छन् । बलिङतर्फ उनले टेष्टमा ७३, एक दिवसीयमा १६७ र टी–२० मा १७ विकेट लिएका छन् । विश्वकपमा ३४ खेलमा गेलले १,१८६ रन बनाएका छन् । उनले ४९ छक्का हानेका थिए । 

गेलको खेलभन्दा मोडलिङ बढी 
गेलको खेलभन्दा मोडलिङका कारण चर्चामा आउने गर्छन् । कुनै पनि खेल सकिएपछि उनी निकै उत्साहले रमाइलो गर्छन्। उनको पछि लाग्ने महिलाहरुको संख्या उत्तिकै हुने गर्छ । उनी यसअघि पनि बदनाम भइसकेका छन् । तर एउटा यथार्थ के हो भने क्रिकेटमा रन र विकेटमात्र हुन्न मनोरन्जन पनि हुन्छ भन्ने प्रमाण भने पेश गरेका छन् । क्रिकेटलाई ग्ल्यामर खेल बनाउन गेलले मद्धत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ