काठमाडौं । महिला विश्वकप फुटबलमा नेदरल्याण्ड फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा स्वीडेनलाई १–० गोल अन्तरले हराउँदै नेदरल्याण्ड प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थपिएको ९ मिनेटमै ज्याकी ग्रोएनले गोल गर्दै नेदरल्याण्डलाई जिताइन् ।
जितसंगै नेदरल्याण्ड पाँचौ पटक महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
चौथो पटक सेमिफाइनल खेलेको स्वीडेनले तेस्रो स्थानका लागि इंगल्याण्डसंग खेल्नेछ ।