काठमाडौं । युरोपियन यु–२१ फुटबल च्याम्पियनसिपको उपाधि स्पेनले जितेको छ । आईतबार राति भएको फाइनल खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि जितेको हो ।
स्पेनले खेलको सात मिनेटमै गोलको खाता खोलेको थियो । फेबियन रुइजले टिमलाई अग्रता दिलाएका थिए ।
६८ औं मिनेटमा दानी ओलमोले गोल गर्दैै स्पेनको अग्रता दोब्बर पारेका थिए ।
खेलको अन्त्यतिर ८८ औं मिनेटमा जर्मनीका अमिरिले सान्त्वना गोल गरेका थिए ।
यो जितले स्पेनले सन् २०१७ मा जर्मनीबाटै भोगेको हारको बदलासमेत लिएको छ ।